झन्डै २ अर्ब रुपैयाँ हिनामिना गरेर फरार भएका मेयर नेपालीलाई पक्राउ गर्न 'रेड कर्नर नोटिस'

 माघ १२, २०८० शुक्रबार १५:५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – झन्डै दुई अर्ब रुपैयाँ हिनामिना गरेर फरार भएका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पक्राउ गर्न 'रेड कर्नर नोटिस' जारी भएको छ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका देवकुमार नेपालीलाई पक्राउ गर्न नेपाल प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय फौजदारी सङ्गठन (इन्टरपोल) लाई आग्रह गरेपछि इन्टरपोलले 'रेड कर्नर नोटिस' निकालेको हो । उनीमाथि इमेज सहकारीका बचतकर्ताको एक अर्ब ६० करोड र विभिन्न बैंकहरूको ३५ करोड गरी दुई अर्ब रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

नेपाली गएको वैशाखदेखि नै फरार छन् । बचतकर्ताको उजुरीका आधारमा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् । उनीहरूलाई जिल्ला अदालत बाग्लुङको गएकाे साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ । संस्थाकी कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई प्रहरीले हिजो ललितपुरबाट पक्राउ गरेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया