लागुऔषध कारोबारीलाई हिरासतबाट भगाउने प्रहरीका पूर्वजवान १६ वर्षपछि पक्राउ

 माघ १२, २०८० शुक्रबार १५:६:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – लागुऔषध कारोबारीलाई भगाएको आरोप लागेका प्रहरीका पूर्वजवान १६ वर्षपछि पक्राउ परेका छन् ।

२०६४ सालमा हनुमानढोका प्रहरी कार्यालयको हिरासतमा रहेका भारतीय अशरफ आलमलाई भगाएको आरोप लागेका प्रहरीका पूर्वजवान वीरबल राय यादवलाई काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीका अनुसार जेलबाट भगाउन यादवले त्यति बेला अशरफसँग १ करोड रुपैयाँ मागेका थिए । पछि १० लाख रुपैयाँमा कुरा मिलेपछि यादवले उनलाई हिरासतबाट भगाएका थिए । भगाएपछि भने अशरफले ती प्रहरी जवानलाई छ लाख २५ हजार रुपैयाँ मात्रै दिएका एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।

प्रहरीले यादवलाई बिहीवार काँकडभिट्टाबाट पक्राउ गरी काठमाण्डाै ल्याएको हो ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया