तातोपानी कुण्डमा नुहाउन पत्नीसहित प्रचण्ड म्याग्दीमा(तस्बिरसहित)

 कात्तिक २६, २०७५ सोमबार १८:४९:२१ | प्रताप बानियाँ

म्याग्दी –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्न आउनुभएको छ । 

म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्डमा नुहाउन उहाँ धर्मपत्नी सीता र छोरी गंगा दाहालसहित आउनुभएको हो । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा स्थापना भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको उद्घाटन गर्न म्याग्दी आउनुभएका गृहमन्त्री रामबहादुर थापासँगै प्रचण्ड म्याग्दी आउनुभएको हो । 

त्यसैअवसरमा प्रचण्डसँगै गृहमन्त्री थापा, उहाँकी धर्मपत्नी नैनकलासहित आफन्तहरु तातोपानी कुण्डमा पुगेका थिए । तातोपानी कुण्डमा कुण्ड व्यवस्थापन समितिका पदाधिकारी र स्थानीयवासीले उनीहरुलाई स्वागत गरेका थिए । 

नेपाली सेनाको हेलिकप्टरमार्फत म्याग्दी आएका प्रचण्डको भ्रमण नितान्त पारिवारिक र आरामका लागि भएको उहाँको निजी सचिवालयले जनाएको छ । पत्नीसहित तातोपानी कुण्डमा डुबुल्की मार्न आउनुभएका नेकपा अध्यक्ष प्रचण्डले जिल्लास्थित नेकपाका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्नुभएको थियो ।

स्रोतका अनुसार प्रचण्ड र गृहमन्त्री थापा केही दिन तातोपानी कुण्डमा स्नान गर्नका लागि म्याग्दी बस्ने बताइएको छ । नेकपा अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाको आगमनसँगै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनको भनाई छ । 

तातोपानी कुण्डमा कुण्ड व्यवस्थापन समितिका पदाधिकारीहरुसँग अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाले कुण्डका विषयमा जानकारी लिनुभएको थियो । त्यसै अवसरमा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले कुण्डको विकासका लागि नेताद्वयको ध्यानाकर्षण गराएको बताउनुभयो ।

उहाँले तातोपानी कुण्डमा नुहाउन स्वदेश विदेशबाट सर्वसाधारणहरुको आउने क्रम बढ्दै गएको हुँदा बेनीदेखि तातोपानीसम्मको सडक कालोपत्रेको माग राखेको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया