जनवरीमा ७९ हजार जना पर्यटक नेपाल आए, चिनियाँको सङ्ख्या उकालो लाग्दै

 माघ १८, २०८० बिहिबार १५:५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार जनवरी महिनामा ७९ हजार १ सय जना पर्यटक आएका छन् । अघिल्लो वर्षको जनवरीको तुलनामा यो २४ हजार जनाले धेरै हो । सबैभन्दा धेरै भारतबाट २४ हजार १ सय ३९ जना पर्यटक आएका छन् ।

यस्तै चीनबाट ७ हजार २ सय ६७ जना आएका छन् । कोरोना महामारीका कारण पछिल्लो ४ वर्षमा चिनियाँको सङ्ख्या निकै थोरै भएको थियो । तर चीनले यात्रा प्रतिबन्ध हटाएपछि नेपाल घुम्न आउने चिनियाँको सङ्ख्या निकै बढेको छ ।

यस्तै जनवरीमा अमेरिकाबाट ७ हजार ४७ जना, थाइल्यान्डबाट ४ हजार ६ सय १९ जना, दक्षिण कोरियाबाट ३ हजार ८ सय १२ जना, बङ्ग्लादेश ३ हजार ६ सय २९ जना, अस्ट्रेलियाबाट ३ हजार ४ सय २१ जना, बेलायतबाट ३ हजार २ सय ७६, भुटानबाट २ हजार २ सय २९ जना र जापानबाट १ हजार ५ सय ६८ पर्यटक आएका छन् ।

तस्बिर : नेपाल पर्यटन बाेर्ड

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया