बालिकाको बलात्कारपछि हत्याको आरोपमा ५ जना पक्राउ

 कात्तिक २७, २०७५ मंगलबार ७:१०:४७ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर  – १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा ५ जना युवा पक्राउ परेका छन् । उदयपुरको रौतामाई गाउँपालिका वडा नंं ३ की १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोमबार पाँच युवालाई पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख –एसपी चन्द्रदेव राईले बताउनुभयो । ‘शंका लागेका पाँच युवा र तालिम प्राप्त कुकुरसहित शव लिएर टोली फर्केको छ’ ।  राईले भन्नुभयो, ‘शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ’ । एसपी राईका अनुसार पक्राउ परेका मानिसको नाम गोप्य राखेर अहिले अनुसन्धान भैरहेको छ । 

गएको शनिबार दिउँसो बाख्रा चराउनका लागि गएकी बालिका आइतबार दिउँसो गाउँको अमला जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी उदयपुरले प्रहरी नायव उपरीक्षकसहितको तालिम प्राप्त कुकुरसहितको टोली अनुसन्धानको लागि पठाएको थियो । 

यो टोलीले बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएपछि शंकास्पद स्थानीय ५ जना युवालाई नियन्त्रणमा लिएको हो । स्थानियवासीले नै बालिकाको हत्यामा यी व्यक्तिहरुको हात हुनसक्ने अनुमान गरेकाले नियन्त्रणमा लिइएको एसपी राईले बताउनुभयो । पोष्टमार्टम पछि मात्र बलात्कार हो या होइन भनेर यकिन हुन्छ, उहाँले भन्न्नुभयो, ‘शवको प्रकृति हेर्दा डिएसपीको नेतृत्वमा गएको टोलीको प्रारम्भिक अध्ययनले बालात्कारपछि हत्या गरिएको देखिन्छ’ । 

अनुसन्धानमा गएको कुकुरले शवभन्दा केही पर खोल्सामा घटना भएको हुनसक्ने अनुमान गरेको प्रहरीको भनाई छ । मृत बालिकाको चप्पल शवभन्दा केही पर फेला परेको छ । रौतामाई गाउँपालिका ३ का वडाध्यक्ष दुर्गाराज खड्काले भन्नुभयो, ‘खोल्सामा बलात्कारपछि हत्या गरी सडक छेउमा शव फालेको अनुमान गर्न सकिन्छ’ । अध्यक्ष खड्काका अनुसार, बालिकाको मुखमा न्याप्किन पेपर कोचेको, मलद्धार च्यातिएको, घाँटीमा निलडाम, योनीस्थल पनि सामान्य नरहेकोले बलात्कारपछी हत्या भएको बताउनुभयो । घटना स्थल सदरमुकाम गाईघाटबाट ७५ किलोमिटर विकट पहाडी क्षेत्रमा पर्दछ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया