बैंकिङ कसुरमा ४ कराेड रुपैयाँ जरिबानाकाे फैसलापछि फरार भएकी महिला पक्राउ

 माघ २१, २०८० आइतबार १८:३६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई ४ करोड रुपैयाँ जरिवानाको फैसलापछि फरार भएकी एक  जना महिला पक्राउ परेकी छिन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काभ्रेको बनेपा नगरपालिका–६ बस्ने ४५ वर्षीया मन्दिरा केसीलाई हिजो पक्राउ गरेको हो ।

केसीले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारेर आफू सञ्चालक रहेको घराना डेभलपर्स प्रालीलाई ऋणी बनाई घरानाको नाममा चाँगुनारायण– ७ र ९ मा दर्ता रहेको जग्गा धितो राखी ऋण लिएकी थिइन् । तर उनले तोकिएको परियोजनामा लगानी नगरि दुरुपयोग गरेपछि बैंकिङ कसुरको मुद्दा परेको थियो ।

यो मुद्दामा केसीलाई साविक पुनरावेदन अदालत पाटनले २०७१ साल वैशाख २९ गते तीन महिना कैद र चार करोड रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो । यो सजाय बेरुजु भई फरार रहेकी उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आज काठमाण्डौ जिल्ला अदालतमा उपस्थित गराएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया