एल्जिना हत्या प्रकरण : पक्राउ परेका पाँच जनाको नाम सार्वजनिक

 कात्तिक २७, २०७५ मंगलबार १४:२७:४० | सुमित्रा कोइराला

उदयपुर – रौतामाई गाउँपालिका वडा नम्बर –३, की १२ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

हत्याको अनुसन्धानका लागि शंकास्पद भन्दै प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वको टोलीले स्थानीय पाँच युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतामाई गाउँपालिका वडा नम्बर ३ का नवीन कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रविन राई र रुजन राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ  ।
 
गएको शनिबार दिउँसो २ बजे बाख्रा चराउनका लागि गएकी बालिका आइतबार दिउँसो नजिकैको खरवारीमा मृत भेटिएकी थिइन् । वडाध्यक्षसमेत रहेका ठूलोबुवा दुर्गाराज खड्काका अनुसार बालिकाको कुर्ता सुरुवाल च्यातिएको, मलद्वार च्यातिएको, घाँटीमा चिथोरेका, मुखमा न्याप्किन पेपर कोचेका र शरीरभरि निलडाम छ । 

एल्जिनाको शव परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ । 

एल्जिनाको परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएको उदयपुर प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया