सात महिनामा चार लाखभन्दा धेरै नेपाली कामको लागि विदेशिए

 फागुन ३, २०८० बिहिबार ९:२३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - साउनदेखि माघसम्मको सात महिनामा ४ लाखभन्दा धेरै नेपाली कामको लागि विदेश गएका छन् । यस अवधिमा ४ लाख ५ हजार ५ सय नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् ।

वैदेशिक रोजगार विभागका अनुसार गएको वर्ष यसै अवधिमा ४ लाख ७८ हजार ८ सय जनाले श्रम स्वीकृति लिएका थिए । पुसको तुलनामा माघमा वैदेशिक रोजगारमा जानेको सङ्ख्या घटेको छ ।

पुसमा ६५ हजार ८ सय नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकोमा माघ महिनामा भने यो सङ्ख्या ६२ हजार १ सय रहेको छ । पुसमा जस्तै माघमा पनि धेरै नेपालीहरु कामको लागि संयुक्त अरब इमिरेट्स (यूएई) गएका छन् । माघमा मात्रै १७ हजार नेपाली यूूएई गएका छन् ।

यस्तै, साउदीमा १२ हजार ३ सय, कतारमा १२ हजार १ सय र मलेसियामा ६ हजार ७ सय नेपाली कामको लागि गएका छन् । पछिल्ला महिना रोजगारीका लागि युरोप जानेहरु बढेका छन् । वैदेशिक रोजगारीमा जानेको सङ्ख्यासँगै स्वदेश भित्रिने रेमिट्यान्स पनि बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि पुससम्मको ६ महिनामा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया