समयमै उपचार पाए बालबालिकामा हुने क्यान्सर निको हुने सम्भावना धेरै

 फागुन ५, २०८० शनिबार १५:७:५५ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बालबालिकामा हुने क्यान्सरको समयमा नै उपचार गरे पूर्णरूपमा निको हुन सक्ने डाक्टरहरूले बताएका छन् । उपचारका क्रममा अरू रोगको असर कम हुने भएकाले बालबालिकामा क्यान्सर निको हुने सम्भावना बढी रहेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका बाल रोग तथा क्यान्सर रोग विशेषज्ञ डा. सूचारिका तण्डुकारले बताउनुभयो ।

अहिले नेपालमा उपचार गराएकामध्ये ३० प्रतिशत बालबालिकामा क्यान्सर निको हुने गरेको र यो दर विकसित देशहरूमा ९० प्रतिशतसम्म रहेको भक्तपुर क्यान्सर अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. ऋतु सापकोटाले बताउनुभयो । नेपालमा वर्षमा झन्डै एक हजार जनासम्म बालबालिकाले क्यान्सरको उपचार गर्नुपर्नेमा अहिले आधाले मात्र उपचार गरिरहेका उहाँले जानकारी दिनुभयो ।

गरिबी, उपचारमा कम पहुँच हुनु लगायत कारणले उपचारमा समस्या भइरहेको उहाँको भनाइ थियो । डा. सापकोटाका अनुसार बालबालिकलाई ब्लड क्यान्सर, आँखामा हुने क्यान्सर, कलेजो, हड्डी र मांसपेसीको क्यान्सर धेरै हुने गरेको छ ।

बालबालिकामा १० प्रतिशत वंशानुगत गुणबाट र ९० प्रतिशत जिनको खराबीका कारण क्यान्सर हुने गर्दछ । जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई बढी क्यान्सर लाग्ने जोखिम रहन्छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला मेमोरियल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पतालमा बाल क्यान्सरको उपचार हुने गरेको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया