चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुकाे आक्रमणबाट साउनदेखि अहिलेसम्म ६ जनाकाे ज्यान गयाे

 फागुन ५, २०८० शनिबार १५:२०:१५ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र नजिकका क्षेत्रमा गएको साउनदेखि अहिलेसम्म वन्यजन्तु आक्रमणका तीन सय १५ वटा घटना भएका छन् । यी घटनाबाट छ जनाको ज्यान गएको र १७ जना घाइते भएका निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडाको आक्रमणबाट दुई, बाघको आक्रमणबाट तीन र गोहीको आक्रमणबाट एक जनाको ज्यान गएको हो । यस्तै वन्यजन्तुका कारण पशुधनमा ८४, भण्डारण गरिएको अन्नमा छ, घरगोठमा २० र अन्नबालीमा दुई सय पाँच पटक क्षति भएको छ ।

वन्यजन्तुका कारण क्षति भएबापत निकुञ्जले एक करोड पाँच लाख ५१ हजार छ सय २४ रुपैयाँ राहत प्रदान गरेको तिवारीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया