तनहुँको आँबुखैरेनीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयाे, सात जना घाइते

 फागुन ६, २०८० आइतबार ९:२६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा गएराति भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ । अरु सात जना घाइते भएका छन् ।

डुम्रेबाट आँबुखैरेनीका लागि छुटेकाे बा १६ च ४९१८ नम्बरको जीप अनियन्त्रित भइ सडकछेउमा पल्टिँदा जीपमा रहेका चितवन इच्छाकामना गाउँपालिका–६ का २२ वर्षका सागर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेमध्ये ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । एक जना उपचारपछि घर फर्किएका छन् ।  

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया