राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा अर्चना

 फागुन ६, २०८० आइतबार १५:१७:२६ | रासस
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डौको शङ्खरापुर नगरपालिकामा रहेको शालीनदीमा पुगेर श्री स्वस्थानी र माधवनारायणको पूजा अर्चना गर्नुभएको छ ।

पौष शुक्ल पूर्णिमादेखि चलिरहेको मेलामा राष्ट्रपति पाैडेल आज बिहान सहभागी हुनुभएको हो । उहाँले बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवम् पूजा अर्चना गर्नुभयो ।

नगरपालिका एवम् काठमाण्डौ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोबिता गौतमको निमन्त्रणमा साँखु पुग्नुभएका राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको बज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु आफ्ना लागि खुशीको विषय भएको बताउनुभयो । उहाँले भृकुटी र स्रङ्चङ् गम्पोसँगको ऐतिहासिक महत्त्व जोडिएको बज्रयोगिनी र धार्मिक एवम् ऐतिहासिक महत्त्वको शालीनदी क्षेत्रको विकासका लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा सांसद, मेयर र उपमेयरलगायत जनप्रतिनिधिले धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्त्वको क्षेत्र भए पनि शालीनदी क्षेत्रको विकास हुन नसकेको, पुनर्निर्माणका कामले गति लिन नसकेको र कतिपय विकासका काम अधुरै रहेको गुनासो गर्नुभएको थियो । उहाँहरूले राष्ट्रप्रमुखको भ्रमणपछि पुनर्निर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया