मेलम्ची आयाेजनामा भ्रष्टाचार : भीम उपाध्यायसहित १८ जनाविरुद्ध ६ अर्ब बिगाे माग गर्दै मुद्दा दायर

 फागुन ६, २०८० आइतबार १७:१३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मेलम्ची खानेपानी परियोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव भीम उपाध्यायसहित १८ जना व्यक्ति र कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ  ।

अख्तियारले मेलम्चीमा विभिन्न मितिमा भएका भुक्तानीका कारण राज्यलाई करोडौँ रुपैयाँ नोक्सानी पुगेको र व्यक्तिगत फाइदा पुगेको भन्दै १८ जना व्यक्ति र संस्थाविरुद्ध छ अर्ब ७४ कराेड रुपैयाँभन्दा धेरै बिगाे माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले खानेपानी मन्त्रालयका पूर्वसचिव सञ्जयकुमार शर्मा र तत्कालीन सहसचिव तथा मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्द्रप्रसाद शर्माविरुद्ध छ करोड ९७ लाख ८३ हजार रुपैयाँ बिगो दाबी गरेर मुद्दा दर्ता गराएको छ ।

यस्तै तत्कालीन सचिव भीम उपाध्यायविरुद्ध चार करोड ११ लाख ३४ हजार, तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुरविरुद्ध ६० करोड ४९ लाख १९ हजार, तत्कालीन मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य तथा सहसचिव रुद्रसिंह तामाङविरुद्ध ११ करोड नौ लाख १७ हजार रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर भएको अख्तिारले जनाएको छ ।

यस्तै बोर्डका सदस्य चन्दबहादुर थापाविरुद्ध ७१ करोड ५८ लाख ३७ हजार, मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक घनश्याम भट्टराईविरुद्ध २२ करोड ७५ लाख १९ हजार, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटाविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार, तत्कालीन कार्यकारी निर्देशक सूर्यराज कँडेलविरुद्ध ८९ करोड आठ लाख ९८ हजार, विकास समितिका तत्कालीन उपसचिव मणिभद्र न्यौपानेविरुद्ध ३२ करोड ३५ लाख रुपैयाँ बिगो माग गरेर मुद्दा दायर भएको छ ।

यस्तै रामचन्द्र न्यौपाने, बेगनाथ पौडेल, केदारप्रसाद अर्याल, भोजविक्रम थापा, शिवकुमार शर्मा, परामर्शदाता इप्टिसा सर्भिसेस दी इन्जिनियरिङ र बीईटीएस कन्सल्टेन्सी र निर्माण व्यवसायी सीएमसी दी रेभिनाविरुद्ध पनि करोडौँ रुपैयाँ बिगो र जरिबानासहित मुद्दा दायर भएको छ । यिनीहरूले निर्माण व्यवसायी सीएमसी दी रेभिनालाई कामै नगरि भुक्तानी दिएको, कम्पनीले छाडेर गएको मेशिन तथा अन्य सामग्रीको हिसाब नगरि सबै पैसा भुक्तानी दिएको, बिलमा गडबडी गरेको लगायतका कारणबाट ८५ करोड रुपैयाँ सरकारको नोक्सानी गराएको अख्तियारको आरोप छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया