काठमाण्डौ महानगरमा सङ्कलन भएको फोहरबाट जैविक मल उत्पादन हुने

 फागुन ८, २०८० मंगलबार १०:३९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ  - काठमाण्डौ महानगरपालिका वडा नं. २७ बाट सङ्कलन भएको झण्डै १४ हजार किलो जैविक फोहर टेकु ट्रान्सफर स्टेशनमा कम्पोष्टिङ भएको छ ।

फोहरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको फोहरलाई छुट्टै सङ्कलन गरी ढुवानी पनि छुट्टै गरेर छुट्टाछुट्टै व्यवस्थापन गर्न थालिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकामा वडा नं. २७ बाट घरेलु फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कामको थालनी भएको हो । ५ हजार जनसङ्ख्या रहेको वडा नं. २७ मा १ हजार ४ सय घरधुरी छन् । उनीहरुले उत्पादन गर्ने जैविक फोहरको मात्रा दैनिक औसत ५ सय किलो छ ।

वातावरण व्यवस्थापन विभागकी उपनिर्देशक सानुमैयाँ महर्जनले  वडा नं. २७ मा फोहर वर्गीकरण गरेर माघ २१ गतेदेखि टेकु ल्याउन थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्कलित फोहरको १५ प्रतिशत मात्रामा जैविक मल उत्पादन हुन्छ ।  

फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा नै वर्गीकरण गर्ने अभियान थालिएपछि वडाबाट फोहर उत्पादनको स्वरुपमा परिवर्तन आएको विभागका इञ्जिनीयर सरकारदीप श्रेष्ठले बताउनुभयो ।  उहाँले कुहिने फोहर उपभोक्ता आफैँले मल बनाउने र नकुहिने फोहर बेच्न मिल्नेजति बच्ने गर्न थालेका जानकारी दिनुभयो। 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया