बिहान चिसो र दिउँसो गर्मी हुँदा स्वास्थ्यमा असर पर्न सक्ने

 फागुन ८, २०८० मंगलबार १२:२८:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - केही दिनयताको मौसममा तापक्रम घटबढ भइरहेको छ ।

काठमाण्डौ उपत्यकासहित देशभर नै दिउँसोको समयमा घाम लाग्दा तापक्रम बढेर  गर्मी हुन थालेको छ । तर बिहान बेलुका भने चिसो नै महसुस हुन्छ । बिहान चिसो र दिउँसोपख एक्कासी गर्मी हुँदा स्वास्थ्यमा पनि प्रतिकूल असर पर्न सक्ने डाक्टरहरु बताउँछन् ।

तापक्रममा एकैचोटी हुने घटबढले रुघाखोकी लाग्ने भाइरसहरु सक्रिय हुने सम्भावना रहेको सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. रोेशनकुमार झाले बताउनुभयो । उहाँका अनुसार तापक्रममा पाँच डिग्रीको फरक पर्नेबित्तिक्कै मानिसको शरीर अस्थिर हुन्छ ।

शरीर अस्थिर भएपछि रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ । यसले विशेषगरी वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीलाई असर गर्ने डा.झाले बताउनुभयो । उज्यालोसँगको कुराकानीमा उहाँले वातावरणमा तापक्रम घटबढ हुदा श्वासप्रस्वासको समस्या, मुटुमा समस्या, विभिन्न छालाजन्य रोग तथा सङ्क्रमण हुनसक्ने बताउनुभयो ।

उहाँले यस्ता स्वास्थ्य समस्याबाट बच्न घरमा बस्दा वा बाहिर निस्कँदा मौसम अनुसारको कपडा लगाउन,  घरबाट बाहिर निस्कँदा मास्क लगाउन, बेलाबेला साबुनपानीले हातखुट्टा र मुख राम्ररी धुन र स्वास्थ्यमा केही समस्या भइहालेमा अस्पताल जान सुझाव दिनुभएको छ । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया