नेपालको ‘ए’ टोलीले क्यानडा–११ लाई २ विकेटले हरायो

 फागुन ८, २०८० मंगलबार १७:४८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ टोलीले क्यानडा–११ लाई २ विकेटले हराएको छ ।

क्यानडाले दिएको २ सय ४१ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेटायो । नेपालका कप्तान सन्दीप जोराले ६६, बसिर अहमदले ५२, रशिद खानले ४७ रन बनाए । क्यानडका अमोर खलिद, शाहिद अहमदजाई र निखिल दत्तले समान २ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको क्यानडा अन्तिम बल बाँकी छँदा २ सय ४० रनमा अल आउट भयो । क्यानडाका श्रेयस मोभाले ६८ रन बनाए । नेपालका शाहब आलमले ३ विकेट लिए ।

यो जितसँगै ३ खेलको शृङ्खलामा १–१ को बराबरी भएको छ । पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो । शृङ्खलाको अन्तिम खेल पर्सि बिहीवार हुनेछ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया