बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ तालिम

 फागुन ९, २०८० बुधबार १०:१६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली सेनाकाे फेसबुक

काठमाण्डाै - संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति कार्यमा खटिएका १९ देशका एक हजार एक सय २५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ तालिम शुरु भएको छ ।

सैनिक मुख्यालय टुँडिखेलमा हिजो भएको विशेष समारोहका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभयो । शान्ति स्थापना मिसनमा सहभागी हुने फौजको पेसागत दक्षता, आपसी समन्वयात्मक क्षमता अभिवृद्धि सुनिश्चित गर्ने उद्देश्यले आयोजित तालिम काभ्रेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सञ्चालन भएको छ ।

अमेरिका ग्लोबल पिस अपरेसन इनिसिएटिभको सहयोग एवं नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा अभ्यास सञ्चालन भएको हो ।

यो अभ्यास फागुन २१ गतेसम्म चल्नेछ । विश्वका १२ मिसनमा अहिले ६ सय ३२ महिला सुरक्षाकर्मीसहित ६ हजार एक सय ३१ सुरक्षा फौज तैनाथ छन् । त्यसमध्ये नेपाली सेनाको सङ्ख्या पाँच हजार आठ सय ८५ रहेको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया