काठमाण्डौको सीतापाइलामा आमासहित दुई छोरीहरु मृत फेला

 फागुन ९, २०८० बुधबार १२:१३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौको सीतापाइलामा आमासहित दुई छाेरीहरु मृत अवस्थामा फेला परेका छन्।

३८ वर्षीया आमा, आठ र दुई वर्षीया छोरीहरु घरको कोठाभित्र मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । प्रहरी टोली घटनास्थल पुगेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी नवराज अधिकारीका अनुसार उनीहरुको हत्या भएको आशङ्कामा थप अनुसन्धान भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया