गाजामा युद्धविराम गर्नुपर्ने प्रस्तावविरुद्ध संयुक्त राष्ट्रसङ्घमा अमेरिकाको भिटो

 फागुन ९, २०८० बुधबार १८:३२:५९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – गाजामा तत्काल युद्धविरामको आह्वान गर्दै संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत प्रस्तावविरुद्ध अमेरिकाले भिटो  प्रयोग गरेको छ । अमेरिकाले आफ्नो विशेषाधिकार प्रयोग गर्दै भिटो प्रयोग गरेको हो । त्यसअघि अमेरिकाले अस्थायी युद्धविरामका लागि आफ्नो छुट्टै प्रस्ताव पेस गरेको बीबीसीले जनाएको छ ।

युद्धविरामका लागि अल्जेरियाले गरेको प्रस्तावका कारण युद्ध अन्त्य गर्ने वार्ता बिथोलिन सक्ने अमेरिकाको तर्क छ । राष्ट्रसङ्घको १५–सदस्यीय सुरक्षा परिषद्मा १३ देशले अल्जेरियाको प्रस्तावलाई समर्थन गरेका छन्। बेलायत मतदान प्रक्रियामा सहभागी भएन । सुरक्षा परिषद्बाट पारित प्रस्ताव कानुनी रूपमा बाध्यकारी हुन्छ ।

युद्धविरामको प्रस्ताव पारित भयो भने इजरायलले त्यो अस्वीकार गर्न पाउँदैन । त्यसैले सुरक्षा परिषद्को मतदान राष्ट्रसङ्घीय महासभाको भन्दा फरक छ । चीनले अमेरिकी भिटोको भर्त्सना गर्दै त्यसले गलत सन्देश दिएको र हत्या गर्ने काम जारी राख्न बाटो खोलिदिएको टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

अमेरिका र इजरालका कतिपय साझेदार देशले समेत भिटो  प्रयोग गर्ने अमेरिकी कामको विरोध गरेका छन् । अमेरिकाले दर्ता गरेको छुटै प्रस्तावमा अस्थायी युद्धविरामका लागि सबै बन्धकहरू रिहा गर्नुपर्ने र गाजातिर पठाइने सहायता रोक्ने अवरोध हटाइनुपर्ने उल्लेख गरेको छ ।

इजरायलले ठूलो क्षति हुने गरी चलाएको सैन्य कारबाही रोक्न आफ्नो शक्ति प्रयोग गर्नका लागि अमेरिकामाथि अन्तर्राष्ट्रिय दबाब छ । तर अमेरिकाले इजरायलसँग आत्मरक्षाको अधिकार रहेको जोड दिँदै आएको छ ।

प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सैन्य कारबाहीमा अहिलेसम्म गाजामा २९ हजार जना भन्दा धेरेको ज्यान गइसकेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया