देशभर मौसम बदली, केही ठाउँमा वर्षा

 फागुन ९, २०८० बुधबार १८:२६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अहिले देशैभरको मौसम बदली भएर केही ठाउँमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गोरखा, मनाङ, कास्की लगायत गण्डकी प्रदेशका केही जिल्लाका केही ठाउँमा पानी परिरहेको छ । पूर्वदेखि पश्चिमसम्मकै हिमाली र उच्च पहाडी क्षेत्रमा हल्का हिमपात पनि भइरहेको छ ।

आज राति पनि देशैभर बदली भइ लुम्बिनी प्रदेशका पहाडी जिल्ला र अरु प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । भोलि काठमाण्डौ र काठमाण्डौ पूर्वका केही ठाउँमा पानी पर्ने सम्भावना छ । पानी सबैतिर नपरे पनि सबै हिमाली क्षेत्रमा हिमपातको सम्भावना भने रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया