तापक्रम घटेपछि चीनमा उच्च मौसमी चेतावनी, बेइजिङमा भारी हिमपात

 फागुन १०, २०८० बिहिबार ६:५४:२५ | एजेन्सी
unn.prixa.net

चीनको दक्षिणी भागमा तापक्रम घटेपछि र बेइजिङमा हिउँ परेपछि गम्भीर मौसमी चेतावनी दिइएको छ ।

चीनको मौसम सम्बन्धी निकायले देशको त्रिस्तरीय प्रणालीमा सबैभन्दा उच्च रहेको अरेन्ज चेतावनी जारी गरेका छन् । यसले दक्षिणमा औसत तापक्रम भोलि ६ देखि १२ डिग्री सेल्सियससम्म घट्न सक्ने चेतावनी दिएको हो ।

राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनएमसी) ले केही क्षेत्रमा एकैचोटी तापक्रम २० डिग्री सेल्सियसभन्दा धेरैले घट्नसक्ने बताएका एएफपीले जनाएको छ ।

केन्द्रले स्थानीय सरकारहरूसँग चिसो मौसमप्रति सावधानी अपनाउन आह्वान गरेको, नागरिकलाई न्यानोमा बस्न सल्लाह दिएको र बाली तथा जलीय उत्पादनका सुरक्षाका लागि आवश्यक उपाय अपनाउन आग्रह गरेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । तापक्रम शून्यको नजिक रहेको बेइजिङमा रातभर हिमपात भएको छ ।

राजमार्गहरूमा यातायात सुस्त भएको छ भने यात्री र साइकल चालकका लागि हिउँले भरिएका फुटपाथ जोखिमपूर्ण भएका छन् ।   

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया