काठमाण्डौसहित केही ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना

 फागुन १०, २०८० बिहीबार ९:२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज काठमाण्डौ उपत्यकाको थोरै ठाउँमा दिउँसोपछि छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण काठमाण्डौ उपत्यकाको मौसम बिहानैदेखि धुम्म भए पनि ठूलो वर्षाको सम्भावना भने नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनु भयो । उहाँका अनुसार दिउँसोपख पनि काठमाण्डौ उपत्यकामा मौसम खुलेर पारिलो घाम लाग्ने सम्भावना छैन ।

यस्तै, आज कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भेगका थोरै ठाउँमा तथा देशका बाँकी भेगका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हिजो दाङको घोराही र लमजुङका एक/दुई ठाउँमा असिना पानी परेको थियो भने दिपायल, डडेलधुरा, जुम्ला, ओललढुङ्गामा छिटपुट वर्षा भएको थियो ।

यस्तै, आज देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया