ईआरएस टू नामको युरोपेली अन्तरिक्ष यान पृथ्वीमा खस्यो

 फागुन १०, २०८० बिहिबार १०:२०:२८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

विभिन्न ग्रह र त्यहाँको मौसमी प्रणालीबारे अध्ययन, निर्देशन र नियन्त्रण गर्न प्रयोग हुँदै आएको युरोपेली उपग्रह, ईआरएस टू नामको अन्तरिक्ष यान पृथ्वीमा खसेको छ ।

अत्यधुनिक प्रविधियुक्त यो अन्तरिक्ष यान पृथ्वीमा खसेर क्यालिफोर्नियाको झण्डै दुई हजार किलोमिटर पश्चिममा प्रशान्त महासागरको वायुमण्डलमा जलेको बीबीसीले जनाएको छ । यसअघि कुनै पनि मिसन पृथ्वीको सतहमा पुगेर कसैले देख्ने गरी ध्वस्त भएको घटना नभएका खबरमा उल्लेख छ ।

युरोपेली अन्तरिक्ष एजेन्सीले सन् १९९० मा वायुमण्डल, जमिन र महासागरको नयाँ तरिकाले अध्ययन गर्न थालेको दुई वटा मिसनमध्येको एउटा ईआरएस टू  हो ।

ईआरएस टूले बाढीको अनुगमन, महाद्वीपीय र महासागर–सतहको तापक्रम मापन र भूकम्पको समयमा जमिनको अवस्थाका बारेमा पनि अध्ययन गरी प्रक्षेपण गर्ने काम गरेको थियो । यसले विशेष गरी, पृथ्वीको सुरक्षाका लागि ओजोन तहको नयाँ क्षमताबारे पत्ता लगाएको थियो । ईआरएस टू अन्तरिक्ष यान अनियन्त्रित भएर पृथ्वीमा फर्किने कुरा यसअघि नै प्रक्षेपण भइसकेको थियो ।

ईआरएस टूसँगै गएको ईआरएस वान भने काम गर्न असफल रहे पनि यो अझै  पृथ्वीभन्दा सात सय किलोमिटर माथि छ । त्यहाँबाट प्राकृतिक रूपमा तल खस्न एक सय वर्ष लाग्न सक्ने प्राविधिकहरुले बताएका छन्। 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया