१२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुन १८ गतेदेखि

 फागुन ११, २०८० शुक्रबार ९:४३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १२ औँअन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८० आउँदो १८ गतेदेखि शुरु हुँदैछ । आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपका अनुसार २७ गतेसम्म चल्ने मेला काठमाण्डौ, दाङ, पोखरा र ललितपुरमा हुनेछ ।

मेलामा अष्ट्रिया, बेल्जियम, बोस्टवाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेशिया, मलेसिया, पोल्याण्ड, साउथ अफ्रिका र नेपालसहित विभिन्न राष्ट्रका विभिन्न सांस्कृतिक समूहका ३५० भन्दा बढी कलाकारहरुले भाग लिने आयोजकले जनाएको छ । मेला २०५८ देखि हरेक २ वर्षमा नियमित आयोजना हुँदै आएको छ ।

शुरुवातदेखि एघारौँ संस्करणसम्म मेलामा करिब ८५ भन्दा बढी देशका ८ हजार ५ सय भन्दा बढी कलाकारहरुले घर आँगनमा आ–आफनो देशको मौलिकता झल्कने झाँकीसहित विविध लोकसांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेको आयोजकको दाबी छ ।  नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नु मेलाको मुख्य उद्देश्य रहेको आयोजकले बताएको छ । मेलाको उद्घाटन फागुन १९ गते शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया