रुसको दोस्रो ए–५० जासूस विमान खसालेको युक्रेनको दाबी

 फागुन १२, २०८० शनिबार ९:३०:५६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – युक्रेनले रुसको ए–५० सैन्य जासूस विमान खसालेको दाबी गरेको छ । एक महिनामा दोस्रो पटक रुसी जासूस विमान खसालेको युक्रेनको दाबी छ । पछिल्लो पटक रुसको रोस्तोभ–अन–डोन र क्रास्नोडारको बीचमा ध्वस्त भएको युक्रेनी सैन्य निकायलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

विमानका टुक्राहरू पनि फेला परेको छ । साथै त्यहाँ लागेको ठूलो आगो आकस्मिक सेवाहरुले निभाएको खबरमा उल्लेख छ । जासूस विमान युक्रेनले खसालेको दाबीमा रुसले कुनै प्रतिक्रिया दिएको छैन । युक्रेनले यसअघि गएको जनवरी १४ तारिखमा ए–५० विमानलाई खसालेको दाबी गरेको थियो ।

रुसले पूर्ण रुपमा युक्रेनमा आक्रमण गरेको आज दुई वर्ष पूरा भएको छ । रूसले सन् २०२२ फेब्रुअरी २४ तारिखमा युक्रेनमा आफ्नो विशेष सैन्य कारबाही शुरु गरेको थियो । यसैबीच अमेरिकाले रुसविरुद्ध थप पाँच सयभन्दा धेरै नयाँ प्रतिबन्धको घोषणा गरेको छ । व्यक्ति र संस्थाहरूमाथि गरी पाँच सयभन्दा धेरै प्रतिबन्ध गरिएको हो । रुसले युक्रेनमाथि गरेको आक्रमण तथा विपक्षी नेता एलेक्सी नाभाल्नीको जेलमै भएको मृत्युलाई लिएर ती प्रतिबन्धहरू घोषणा गरेको हो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया