अमेरिकी सेनाले यमनमा हुथी विद्रोहीको अखडामा फेरि आक्रमण गर्‍याे

 फागुन १२, २०८० शनिबार १५:१६:५८ | एजेन्सी
unn.prixa.net

अमेरिकी सेनाले यमनमा हुथी विद्रोहीको अखडामा फेरि आक्रमण गरेको जनाएको छ । पछिल्लो आक्रमणमा अमेरिकी सेनाले सात वटा मोबाइल एन्टी–शिप मिसाइल नष्ट गरेको दाबी गरेको बीबीसीले जनाएको छ ।

इजरायलले गाजामा गरिरहेको अन्धाधुन्ध आक्रमणको विरोधमा हुथी विद्रोहीले इजरायल र उसका सहयोगीका जहाजहरूलाई लाल सागरमा निसाना बनाउँदै आएकाे छ । हुथीको आक्रमणका कारण लाल सागरमा कैयौँ कम्पनीका जहाजले सेवा रोक्दा विश्व व्यापार नै प्रभावित भइरहेको छ । हुथीले विशेष गरेर अमेरिका र बेलायतसँग सम्बन्ध भएका जहाजलाई लक्षित गरेर आक्रमण बढाइरहेकाे छ ।

अमेरिकाको केन्द्रीय कमान्डले लाल सागर भएर यात्रा गर्ने जहाजहरूका लागि निकै खतरनाक मानिएका हुथीका मिसाइललाई नष्ट गर्नु आफूहरूको सफलता भएको उल्लेख गरेको छ ।

गएको बिहीवार हुथीले बेलायतसँग सम्बन्धित एक जहाजमाथि मिसाइल आक्रमण गरेकाे थियाे । आक्रमणपछि जहाजबाट तेल चुहिरहेको छ । समुद्रमा ३० किलोमिटर लामो क्षेत्रमा तेल तैरिइरहेको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया