धादिङमा अँगेनोमा बालेको आगोले घर जलेर नष्ट

 फागुन १२, २०८० शनिबार १८:३४:४ | रासस
unn.prixa.net

धादिङ – धादिङको गङ्गाजमुना गाउँपालिका–१ रिचेतमा कोठा न्यानो बनाउन अँगेनोमा बालेको आगो सल्किँदा एउटा घर जलेर नष्ट भएको छ ।

गए राति अँगेनोको आगो फुसको छानामा फैलिएपछि सिपी तामाङको कच्ची घर जलेको स्थानीयवासी पूर्ण तामाङले जानकारी दिनुभयो । दिउँसो पानी परेपछि उनीहरूले साँझमा अँगेनोमा आगो तापेर आगो निभेको ठानेर सुत्न गएका थिए । उनीहरू घरमा आगो लागेपछि ब्युँझिएका उहाँले बताउनुभयो ।

आगलागीबाट झन्डै २० मुरी धान, मकै, कोदोलगायत घरमा भएका सबै अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया