माओवादी नेताहरूले भने– ‘राष्ट्रिय सभा अध्यक्ष पद छाेड्नु हुँदैन’

 फागुन १५, २०८० मंगलबार १५:८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरूले राष्ट्रिय सभाको अध्यक्ष पद पार्टीले छोड्न नहुने बताएका छन् ।

आज पार्टी मुख्यालय पेरिसडाँडामा बसेकाे पार्टी स्थायी कमिटी बैठकमा धेरैजसो नेताहरूले राष्ट्रिय सभा चुनावबारे धारणा राख्दै अध्यक्ष पद भने पार्टीले छाड्न नहुने मत राखेका हुन् ।

राष्ट्रिय सभा अध्यक्ष नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला हुने चर्चा चलिरहेका छ । तर माओवादी स्थायी कमिटीमा नेताहरूले भने पार्टीले छोड्न नहुने मत राखेका पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । त्यसैगरी बैठकमा पार्टी नेताहरूको कार्य विभाजन, भावी योजनालगायतका विषयमा पनि छलफल भएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया