कोशीमा गाँजा ओसारपसार बढ्याे, माघयता २ हजार किलो बरामद

पूर्वी पहाडी जिल्लामा उत्पादन भएकाे गाँजा

 फागुन १६, २०८० बुधबार १५:१८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पूर्वी नेपालका पहाडी जिल्लाहरूमा उत्पादन भएको गाँजा मोरङको सीमावर्ती क्षेत्रमा भण्डारण गरी भारतमा बिक्री गर्न गिरोह सक्रिय रहेको पाइएको छ ।

गएको एक महिनाको अवधिमा मात्र प्रहरीले झन्डै दुई हजार किलो गाँजा बरामद गरेपछि गाँजा ओसारपसारमा ठूलो गिरोह रहेको निष्कर्षमा प्रहरी पुगेको हो । ओसारपसार, बेचबिखन र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइएको गाँजा धनकुटा, उदयपुर, तेह्रथुम, भोजपुरलगायतका जिल्लामा उत्पादन गरी भारत पुर्‍याउने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बताउनुभयो ।

कोशी प्रदेश प्रहरी कार्यालयकाअनुसार गएको माघ महिनायता प्रदेशमा एक हजार नाै सय १९ किलो गाँजा बरामद भएको छ । चालु आर्थिक वर्षको सात महिनामा मात्रै प्रदेशभर दुई हजार आठ किलो गाँजा बरामद भएको छ । अघिल्लो आर्थिक वर्षमा प्रदेशमा पाँच हजार आठ सय १५ किलो गाँजा बरामद भएको थियो ।

प्रहरीले गाँजालगायत लागुऔषधसहित चालु आर्थिक वर्षको माघसम्ममा सात सय ५८ जनालाई पक्राउ गरेको छ । अघिल्लो आर्थिक वर्षमा प्रहरीले एक हजार एक सय ५१ जनालाई पक्राउ गरेकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया