संसद् भवन प्रवेश गरेको अभियोगमा पक्राउ परेका लघुवित्तपीडित रिहा

 फागुन १८, २०८० शुक्रबार ७:८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेको अभियोगमा पक्राउ परेका लघुवित्तपीडितहरु रिहा भएका छन् ।

गएको सोमवार नयाँ बानेश्वरको संसद् भवनमा प्रवेश गरेर प्रदर्शन गर्ने ४८ जना महिला र एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

सार्वजनिक शान्ति विरुद्धको कसुरमा थुनामा रहेका उनीहरुलाई हिजो रिहा गरिएको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया