त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र नामिबियाबीच खेल हुँदै

 फागुन १८, २०८० शुक्रबार ६:३८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपालले नामिबियासँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । त्रिदेशीय शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन् । नेपाल र नामिबियाबीच आज दोस्रो खेल हुन लागेको हो ।

यसअघिको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । हिजोको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनको फराकिलो अन्तरले हराएको थियो । अस्तिको खेलमा नेपाल नेदरल्यान्ड्सँग दुई रनले हारेको थियो । नेदरल्यान्ड्स २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नामिबिया २ अङ्कसहित दोस्रो स्थानमा छ । २ वटै खेल हारेको नेपाल पुछारमा छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया