आज सामान्य बदली, भोलि सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

 फागुन १८, २०८० शुक्रबार ९:१६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । तराई, मधेशमा बिहानीपख हल्का हुस्सु लागे पनि क्रमशः हट्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज रातिदेखि पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने र त्यसले सुदूरपश्चिम, कर्णाली प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै न्यून चापीय प्रणालीकै कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रको एक दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।  भोलि भने यी प्रदेशहरुमा पहाडी भेगमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै लुम्बिनी र गण्डकी प्रदेश तथा तराई र पहाडी क्षेत्रका एक, दुई ठाउँमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको पनि मौसमविद् झाले जानकारी दिनुभयो । मौसम पूर्वानुमान महाशाखाले एक हप्ताको मौसम बुलेटिन सार्वजनिक गर्दै यस अवधिमा पश्चिमी वायुुको सामान्य प्रभाव रहने जनाएको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया