बंगलादेशको एक भवनमा आगलागी हुँदा ४४ जनाको ज्यान गयो

 फागुन १८, २०८० शुक्रबार १२:१७:२७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – बंगलादेशमा एक सात तल्ले भवनमा आगलागी हुुँदा ४४ जनाले ज्यान गुमाएका छन् । २२ जना गम्भीर घाइते भएका छन् । राजधानी ढाकामा रहेको एउटा रेष्टुरेन्टमा भएको आगलागीमा ७५ जनाको भने सकुशल उद्धार भएको बीबीसीले जनाएको छ ।

एउटा रेष्टुरेन्टबाट सल्केको आगो त्यही तल्लामा रहेका अरु रेष्टुरेन्ट, कपडा पसल र मोबाइल पसलमासमेत पुगेको थियो । ग्यास लिक भएका कारण आगलागी भएकाे हुनसक्ने त्यहाँका अधिकारीहरुले अनुमान गरेकाे खबरमा उल्लेख छ ।

भर्‍याङ्सहित सबै तल्लामा असुरक्षित तरिकाले ग्यास सिलिन्डर राखेकाले क्षति धेरै भएको उनीहरुले बताएका छन् । सुरक्षा नियमलाई कडाइका साथ पालना नगरी लापरबाही गरेका कारण बंगलादेशमा अपार्टमेन्ट भवन र कारखाना परिसरहरूमा आगलागीका घटना भइरहन्छन् ।

यसअघि सन् २०२१ को जुलाइमा खाद्यान्न प्रशोधन कारखानामा आगलागी हुँदा बालबालिकासहित ५० जना भन्दा बढीको ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया