वडा कार्यालय निर्माणका लागि वृद्धले गरे ४० लाख मूल्य बराबरको ४ आना जग्गा दान

 कात्तिक २८, २०७५ बुधबार १८:२६:४१ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङजा – स्याङजाको वालिङ गरपालिका १० का समाजसेवी हिमनिधि पंगेनीले नगरपालिकाको वडा कार्यालय र तरकारी तथा फलफूल संकलन केन्द्र निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्नुभएको छ ।

स्थानीय चलन–चल्ती अनुसार पंगेनीले ४० लाख मूल्य पर्ने ४ आना जग्गा प्रदान गर्नु भएको हो । पंगेनीले जग्गाको लालपूर्जा वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाँड, प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी तथा वडा अध्यक्ष अनन्तराज गैह्रेलाई हस्तान्तरण गर्नु भएको छ ।

संकलन केन्द्रको स्थापनाले किसानहरुको कृषि उपजले छिट्टै बजार पाउने भएपछि निःशुल्क जग्गा उपलब्ध गराएको समाजसेवी पंगेनीले बताउनुभयो । वडामा संकलन गरिएको कृषि उपजहरुको बजारीकरणमा सहजता ल्याउने उद्देश्यले वडामा संकलन केन्द्र निर्माण अगाडि बढाइएको वडा अध्यक्ष गैह्रेले बताउनुभयो ।

वालिङ १० मदीखोलामा केही सार्वजानिक जग्गा र अध्यक्ष स्वयंमको जग्गा समेत रहेकाले त्यहाँ ३ तले भवन निमाण गरी अन्तिममा शित भण्डार, दोस्रोमा शहरी स्वास्थ्य केन्द्र र तेस्रोमा तरकारी तथा फलफूल संकलन केन्द्र बनाउने अवधारण रहेको वडा सचिव दिपेन्द्र गैह्रेले बताउनुभयो ।

निर्माण प्रक्रिया छिट्टै शुरु नगरपालिकाले जनाएको छ । वडाले भवनका लागि ४ लाख रुपैयाँ छुट्याइसकेको र नगरपालिकाबाट समेत केही बजेट छुट्याइने वडासचिव गैह्रेले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया