स्रोत नखुलेको साढे ११ लाख रुपैयाँसहित मकवानपुरबाट ४ जना पक्राउ

 फागुन २७, २०८० आइतबार १८:२३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

मकवानपुर — मकवानपुरमा स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तीन जना भारतीय नागरिक र एक जना सुनसरीको कोशी गाउँपालिका–४ बस्ने वर्ष ३२ का निजाम मियाँ रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

वीरगञ्जबाट नारायणघाटतर्फ गुडिरहेको भारतीय नम्बर प्लेटको कारको सिटमुनि लुकाइछिपाइ ल्याएको रकमसहित आज चार जनालाई पक्राउ गरेको उहाँले बताउनुभयो । पक्राउ परेकाको साथबाट पाँच लाख ४९ हजार एक सय भारतीय रुपैयाँ र दुई लाख ५० हजार नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया