दाइजोमा सुनको सिक्री नपाउँदा विवाह अस्वीकार गरेकाे भन्दै बेहुलासहित केही व्यक्ति पक्राउ

 फागुन २९, २०८० मंगलबार १८:१३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

पर्सा — वीरगञ्जमा दाइजोमा सुनको सिक्री नपाउँदा बेहुलाले विवाह नै अस्वीकार गरेको बेहुली पक्षले दाबी गरेका छन् ।

विवाह मण्डपमै विवाद भएपछि पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–२४ रामगढवाबाट बेहुलासहित ७/८ जनालाई सोधपुछका लागि पक्राउ गरेको छ । बेहुला वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत छन् ।

हिजो बाराको कलैयाबाट बेहुला जन्ती लिएर रामगढवा पुगेका थिए । पर्सा प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले यस विषयमा सोधपुछ चलिरहेको र थप उजुरी आएमा कानुनी प्रक्रिया अगाडि बढ्ने बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया