दुर्गा प्रसाईंका अङ्गरक्षकसहित २ जना सर्वाेच्च अदालत परिसरबाट हतियारसहित पक्राउ

 चैत ५, २०८० सोमबार १८:१६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रहरीले सर्वोच्च अदालत परिसरबाट अर्धस्वचालित हतियारसहित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अङ्गरक्षकसहित दुई जनालाई पक्राउ गरेको छ ।

हतियार र त्यसमा लाग्ने एक सय राउन्ड गोलीसहित झापाकाे बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र राजकुमार धिताल पक्राउ परेका नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीम ढकालले जानकारी दिनुभयो ।

दीपक खड्का मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अङ्गरक्षक रहेको खुलेको पनि प्रहरीले जनाएको छ । सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको बेला अदालत परिसरबाट उनीहरू पक्राउ परेका हुन् ।

प्रसाईंको बीएन्डसी मेडिकल कलेजले अनुमति नपाएपछि चिकित्सा शिक्षा आयोगविरुद्ध मुद्दा दायर गरेको थियो । कुमार चुँडाल र सारङ्गा सुवेदीको इजलासले हिजोदेखि फैसला सुनुवाइ शुरु गरेकाे हो । हेर्दाहेर्दैमा परेको मुद्दाकाे भाेलि पनि सुनुवाइ हुनेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया