फिफा विश्वकप छनोटमा नेपाल बहराइनसँग ५–० काे फराकिलाे अन्तरले पराजित

 चैत ९, २०८० शुक्रबार ६:३५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फिफा विश्वकप छनोटअन्तर्गत नेपालले घरेलु टोली बहराइनसँग फराकिलो हार बेहोरेको छ । बहराइन राष्ट्रिय रङ्गशालामा भएको खेलमा बहराइन ५–० गाेलले विजयी भएको हो ।

बहराइनले पहिलाे हाफमा ३ गाेल गर्दा दाेस्राे हाफमा थप २ गाेल गर्‍याे । बहराइनका लागि महदी अल हुमाइदान, सायद बाकेर, अली मदान, इब्राहिम अल खताल र इस्माइल अब्दुललातिफले १/१ गोल गरे ।

योसँगै समूह 'एच' मा ३ खेल खेलेको नेपाल अङ्कविहीन छ । बहराइन ३ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा छ । समूहमा नेपाल र बहराइनसहित यमन र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । यूएई ३ खेलमा ३ जितसहित शीर्ष स्थानमा छ । तीन खेलमा १ जितसहित यमन तेस्रो छ । नेपालले अब बहराइनसँग दाेस्राे लेगमा आउँदाे मङ्गलवार चैत १३ गते खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया