कोरोना महामारीपछि बेलायतका शिक्षकमाथि विद्यार्थीको दुर्व्यवहार बढ्दो

 चैत १६, २०८० शुक्रबार ६:२२:२९ | एजेन्सी
unn.prixa.net

बेलायतका पाँचमध्ये एकजना  शिक्षकले आफू विद्यार्थीबाट दुर्व्यवहारको सिकार भएको बताएका छन् । कोरोना महामारीपछि विद्यार्थीहरूको व्यवहारमा आएका परिवर्तनहरूसँग विद्यालय र शिक्षकहरू जुधिरहेको हिजो सार्वजनिक सर्वेक्षण रिपोर्टले देखाएको हो ।

कोरोनाको महामरीपछि लकडाउनका कारण सामाजिकीकरणमा भएको समस्याको फलस्वरुप राष्ट्रव्यापीरूपमा कक्षाकोठामा विद्यार्थीको शिक्षकप्रति अपमानजनक व्यवहारमा वृद्धि भएको रिपोर्टको  निष्कर्ष रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी  एएफपीले जनाएको छ ।

यो समस्याको समाधान हुन वर्षौँ लाग्ने बेलायतका शिक्षाका विज्ञले बताएका छन् । ‘टिचर ट्याप’ सर्वेक्षण उपकरणको प्रयोग गरी बीबीसीले गरेको नौ हजार विद्यालय कर्मचारीहरूको सर्वेक्षणमा तीस प्रतिशत शिक्षकहरूले विद्यार्थी र शिक्षकबीच मनमुटाव बढेको बताएका छन् ।

एघारदेखि अठार वर्षका विद्यार्थीहरूसँग काम गर्ने १५ प्रतिशत शिक्षकहरूले आफूले विद्यार्थीहरूबाट यौन उत्पीडन अनुभव गरेको बताएका रिपोर्टमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया