आईपीएल क्रिकेटमा आज लखनउ र पञ्जाब खेल्दै

 चैत १७, २०८० शनिबार ९:२६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जायन्टस् र पञ्जाब किङस् खेल्दैछन् । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे लखनउमा शुरु हुनेछ ।

लखनउ आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग २० रनले पराजित भएको थियो । तर पञ्जाब किङस्ले दुईं खेल खेलेकोमा एक जित र एकमा हार ब्यहोरेको छ । उसले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग ४ विकेटले नै हारेको थियो ।

गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ७ विकेटले हराएको छ । बेंगलुरुले तेस्रो खेलमा दोस्रो हार ब्यहोरेको छ । कोलकाताको यो दोस्रो जित हो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया