बाग्मतीमा एकीकृत समाजवादीबाट रमा आले मगर मन्त्री नियुक्त

 चैत २०, २०८० मंगलबार ६:२६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – बाग्मती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का सांसद रमा आले मगर मन्त्री नियुक्त हुनुभएको छ । उहाँलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हिजो बेलुका विना विभागीय मन्त्रीमा नियुक्त गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

आलेले आज बिहान शपथ ग्रहण गर्नुहुने तयारी छ । सांसद रमा आले मगर एकीकृत समाजवादीबाट प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्लो महिला सांसद हुनुहुन्छ । उहाँ काठमाण्डौ प्रतिनिधिसभा क्षेत्र नम्बर–१० को प्रदेश ‘ख’ बाट निर्वाचित हुनुभएको हो ।

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक हिजो विश्वासको मत प्राप्त गर्नुभएको हो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया