महालेखा परीक्षकमा सिफारिस रायाविरुद्ध उजुरी आह्वान

 चैत २०, २०८० मंगलबार ११:२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – संसदीय सुनुवाइ समितिले महालेखा परीक्षकमा सिफारिस तोयम रायाविरुद्ध उजुरी तथा सूचना माग गरेको छ । रायाको नियुक्ती उपयुक्त छैन भन्ने लागेमा सबुत प्रमाणसहित आजदेखि १० दिनभित्र समितिको कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी तथा सूचना दिन सकिनेछ ।

सूचना दिनेले आफ्नो नाम, थर, ठेगाना, सम्पर्कमाध्यम खुलाउनुपर्नेछ । तर सूचना दिनेले चाहेमा नाम गोप्य राखिने संसदीय सुनुवाई समितिले निकालेको सूचनामा उल्लेख छ । हिजो बसेको संसदीय सुनुवाई समितिको बैठकले १० दिने उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।

संवैधानिक परिषद्को अस्ति बसेको बैठकले तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रायलाई महालेखापरीक्षकमा नियुक्त गर्न सिफारिस गरेको थियो । रायामाथि उजुरी परेमा उजुरीकर्तासँग छलफल पनि हुनेछ । त्यसपछि संसदीय समितिले नाम अनुमोदन गर्ने, सिफारिसपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

महालेखापरीक्षकको पदावधि ६ वर्षको हुन्छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया