नागरिक उन्मुक्ति पार्टीका गण्डकी र बाग्मती प्रदेश अध्यक्ष निष्कासित

 चैत २०, २०८० मंगलबार १३:१७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकी र बाग्मती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गर्नुभएको छ ।

अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बाग्मती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई निष्कासन गरेको पत्रमार्फत जानकारी गराउनुभएको छ । पत्रमा पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई कुटपिट तथा अभद्र व्यवहार गरेको उल्लेख छ ।

नागरिक उम्मुक्ति पार्टीमा अध्यक्ष रञ्जिता र संरक्षक रेशम चौधरीबीच विवाद बढ्दै गएको छ । विवादका कारण हिजो पार्टी केन्द्रीय कार्यालय अनामनगरमा रञ्जिता र रेशम पक्षका नेताहरूबीच हात हालाहालसमेत भएको थियो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया