सहकारी ठगीमा रास्वपाका डीपी अर्याल र कविन्द्र बुर्लाकोटीसमेत आरोपित रहेका कांग्रेसको दाबी

प्रश्न उठ्दैमा आत्तिनु पर्दैन : गृहमन्त्री लामिछाने

 चैत २०, २०८० मंगलबार १५:२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसमेत आरोपित रहेका दाबी गरेको छ ।

रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री रावि लामिछानेमाथि सहकारीको रकम हिनामिना आरोपमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले आजको बैठकमा अरू दुई जना नेतासमेत आरोपित रहेका दाबी गरेको हो ।

प्रतिनिधि सभाको बैठक शुरु भएलगत्तै कांग्रेसका सांसद विरोधमा उठेका थिए । सभामुख देवराज घिमिरेले समय दिएपछि पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद रामकृष्ण यादवले गृहमन्त्री लामिछानेलाई लागेको आरोपका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग दोहोर्‍याउनुभयो । साथै उहाँले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका अर्याल र रास्वपाकै अर्का नेता बुर्लाकोटी आरोपित रहेका दाबी गर्नुभयो ।

डीपी अर्याल 'हाम्रो नयाँ कृषि सहकारी संस्था' को उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नपाएको र त्यस सहकारीको सञ्चालक समितिको सदस्यमा बुर्लाकोटीसमेत रहेका यादवले बताउनुभयो ।

यसैबीच संसद् भवन अगाडि पत्रकारसँग कुरा गर्दै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा पार्टीका नेताहरूको नाम जोड्दैमा आत्तिइहाल्नु नपर्ने बताउनुभयो । पत्रिकामा छाप्दैमा दोषी नहुने भन्दै उहाँले प्रमाणित भएको कुरा र हल्ला, प्रचारबाजीमा फरक रहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया