उपचुनावको लागि कांग्रेसले अझै उम्मेदवार टुङ्गो लगाउन सकेन, आज फेरि बैठक

 चैत २१, २०८० बुधबार ९:३२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – वैशाख १५ गते हुने उपचुनावको लागि नेपाली कांग्रेसले अझै उम्मेदवार टुङ्गो लगाउन सकेको छैन । इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपचुनावमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका बारेमा छलफल गर्न हिजो बैठक बसे पनि उम्मेदवार चयन गर्न नसकेको हो ।

पार्टी सभापति शेरबहादुर देउवा सहित संस्थापन पक्षले तत्कालीन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग पराजित डम्बर खड्कालाई नै मौका दिनुपर्ने प्रस्ताव गरेको छ । अर्को पक्षले भने भेषराज आचार्यलाई टिकट दिनुपर्ने अडान लिएको छ । दुवै पक्षले आआफ्नो अडान नछाडेपछि बैठक विनानिष्कर्ष टुङ्गिएको हो ।

कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले सिफारिस भएर केन्द्रमा आएका आकांक्षीबीच आज छलफल गरेर उम्मेदवार टुङ्गो लगाउने बताउनुभएको छ । उहाँका अनुसार उम्मेदवार टुङ्गो लगाउन आज दिउँसो फेरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नेछ । निर्वाचन आयोगले उपचुनावका लागि आउँदो २४ गते उम्मेदवार मनोनयनपत्र दर्ताको समय तोकेको छ ।

एमाले, रास्वपा, राप्रपा लगायतका दलहरुले पार्टीको उम्मेदवार टुङ्गो लगाएर प्रचार अभियान थालिसकेका छन् । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया