गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा

 चैत २१, २०८० बुधबार १२:०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज बिहान प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष राजीनामा बुझाउनुभएको थियो ।

सत्ता गठबन्धन परिवर्तनसँगै माओवादीले समर्थन फिर्ता लिएपछि उहाँ गएको फागुन २३ गतेदेखि अल्पमतमा हुनुहुन्थ्यो । उहाँले आजसम्म विश्वासको मत लिनुपर्नेमा विश्वासको मत नलिई राजीनामा दिनुभएको हो ।

अब प्रदेश प्रमुखले  संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नुहुनेछ । सत्ता गठबन्धनले बहुमत जुटाएर दाबी पेस गरे नयाँ सरकार बन्छ । नभए उपधारा ३ अनुसार ठूलो दलको हैसियतले पाण्डे नै मुख्यमन्त्री बन्नुहुनेछ ।

गण्डकीमा एमालेका २२, माओवादीका सभामुखसहित ८ जना सांसद् छन् । २ सदस्य रहेको राप्रपाले दिएमा मात्रै गठबन्धनको बहुमत पुग्छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया