गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन दिएको 'अल्टिमेटम' सकियाे : कांग्रेस

 चैत २१, २०८० बुधबार १५:१६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसले दिएको 'अल्टिमेटम' सकिएको घोषणा गर्नुभएको छ ।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको विषयलाई छानबिन गर्न संसदीय समिति बनाउनका लागि दिइएको 'अल्टिमेटम' सकिएको घोषणा गर्नुभएको हो । उहाँले विगतमा संसद् अवरुद्ध भएको र तोडफोडसमेत भएको आफूहरूले देखेको भन्दै प्रतिपक्षको विनम्रता र शालिनता कमजोरी लाग्यो भनेर प्रश्न गर्नुभयो ।

सांसद शर्माले आउँदो संसद् बैठकमा आउँदा संसदीय छानबिन समिति बनाएर आउन सरकारलाई अपिल गर्दै गठन नगरेमा बैठक चल्न नदिने चेतावनी दिनुभयो । उहाँले सहकारी ठगी प्रकरणमा फरार अभियुक्त जीबी राई गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहे पनि पक्राउ गर्न नचाहेको आरोप लगाउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को 'कोर टिम' नै सहकारीको रकम ठगीमा मुछिएको पनि कांग्रेसको आरोप छ । सांसद शर्माले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको सहमतिविना अथवा कार्यव्यवस्था परामर्श समितिको सहमतिविना संसद् बैठक सञ्चालनका लागि कार्यसूची नराख्न सभामुखलाई आग्रह पनि गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया