गण्डकीमा बहुमतकाे सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

 चैत २१, २०८० बुधबार १५:४०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बहुमतकाे सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।

आज बिहान सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिलाई दाबी पेस गर्न आह्वान गर्नुभएको हो । दाबी पेस गर्न सात दिन अर्थात् यही चैत २७ गते दिउँसो ३ बजेसम्मको समय दिइएको छ ।

अहिले ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले) का २२, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित आठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई र एक जना स्वतन्त्र सांसद छन् ।

मुख्यमन्त्रीका लागि दाबी पेस गर्न ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । नयाँ गठबन्धनमा रहेका एमाले र माओवादीसँग ३० सांसद छन् । त्यसमा पनि सभामुखले हस्ताक्षर गर्न नपाउने व्यवस्था छ । प्रदेश सभामा ठूलो दल कांग्रेससँग २७ जना सांसद छन् । स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेको पनि समर्थन रहेकोले सांसद सङ्ख्या २८ पुग्छ । राप्रपाका दुई सांसदले समर्थन गरेमा पनि ३० जनामात्रै पुग्छ । तर राप्रपाले सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने जनाएको छ ।

दुवै पक्षले फागुन २७ गतेसम्म ३१ जना सांसदको हस्ताक्षर बुझाउन नसके संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कांग्रेस संसदीय दलका नेता पाण्डे नै मुख्यमन्त्री नियुक्त हुनुहुनेछ । प्रदेश प्रमुखले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि पाण्डेलाई नै कार्यसञ्चालनको जिम्मेवारी दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया