राष्ट्रिय सभा उपाध्यक्षको चुनाव चैत २८ गते

 चैत २१, २०८० बुधबार १८:१५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय सभाको उपाध्यक्ष पदको चुनाव यही चैत २८ गते बुधवार हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको चुनावका लागि मिति तय गर्दै सदनमा जानकारी गराउनुभएको हो ।

उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपपछि त्याे पद खाली रहँदै आएको थियो । उपाध्यक्ष पदको निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन गर्न सभा अध्यक्ष दाहालले सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयलाई निर्देशन दिनुभयो ।  

राष्ट्रिय सभाको अर्को बैठक यही चैत २८ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया