सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद थप चर्कियाे

 चैत २१, २०८० बुधबार १८:१०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आफ्ना सांसदलाई कारबाही गरेको पत्र सुदूरपश्चिम प्रदेश सभा सचिवालयमा दर्ता भएको छ ।

आज अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद तथा राज्यमन्त्री इन्दिरा गिरीलाई कारबाही गर्दै फिर्ता बोलाएको पत्र पठाउनुभएको थियो । नाउपाको नयाँ समानुपातिक सांसदमा तीर्थराज बोहराको नाम सिफारिस गरिएको छ ।

नाउपाका नेता कार्यकर्ता दुई पक्ष अर्थात् पार्टी अध्यक्ष रञ्जिता र पार्टीका संरक्षक रेशम चौधरीको पक्षमा विभाजित छन् । भोलि मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया